काठमाडौं । लगातारको वर्षापछि आएको पहिरोले नारायणघाट-मुग्लिन सडक अवरूद्ध भएको छ।
नारायणघाट-मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको नाम्सी पुलनजिकै पहिरो खसेपछि सडक आज बिहानदेखि अवरूद्ध भएको हो।
सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर चण्डेश्वर शाहका अनुसार पहिरो सडकमा थुपरिएको छ। अहिले पहिरो हटाउने काम भइरहेको पनि उनले बताए। अब आधा घन्टाभित्र पहिरो हटाउने काम सकिन्छ,’ उनले भने।
पहिरो गएपछि सवारी साधनहरू एकतर्फी८ चलिरहेका छन्।
Add Comment