२३ नदीको बहाव उल्लेख्य बढ्ने, १५ जिल्लामा बाढीको जोखिम

काठमाडौं । आज १० जलाधारका २३ नदीमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान् छ।

बाढी पूर्वानुमान् महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई जलाधारका विभिन्न नदीहरूको जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान् छ।

महाशाखाका अनुसार सप्तकोशी नदी चतरामा, तमोर नदी त्रिवेणीमा, अरूण नदी सिम्लेमा, दूधकोशी नदी रवुवाबजारमा, तामाकोशी नदी गुस्तीमा, सुनकोशी नदी हम्पचुवारमा, नारायणी नदी देवघाटमा, त्रिशूली नदी बेत्रावतीमा, बुढीगण्डकी नदी आरूघाटमा, मर्स्याङ्दी नदी विमलनगरमा, सेती नदी दमौलीमा, कालीगण्डकी नदी कुमालगाउँमा उल्लेख्य बढ्ने पूर्वानुमान् छ।

त्यस्तै कर्णाली नदी चिसापानी र असाराघाटमा, भेरी नदी समजिघाटमा, पश्चिम सेती नदी दिपायलमा, महाकाली नदी पारिगाउँमा, कन्काई मैनाचुलीमा, कमला नदी बेलसोतमा, बागमती नदी पधेरादोभानमा, पूर्वी राप्ती रजैयामा, पश्चिम राप्ती कुसुममा र बबई नदीमा चेपाङमा उल्लेख्य बढ्ने पूर्वानुमान् छ।

आज विभिन्न २३ जिल्ला भएर बहने नदीहरूमा बाढीको जोखिम समेत रहेको महाशाखाले जनाएको छ।

ईलाम, झापा, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर, काभ्रेपलान्चोक, काठमाडौ, ललितपुर, भक्तपुर, चितवन, नवलपरासी (ब.सु.पू), नवलपरासी (ब.सु.प), पाल्पा र आसपास भई बहने अधिकांश स-साना नदीहरूको बहाव बढ्ने तथा केही स-साना नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

साथै मोरङ, सुनसरी, ताप्लेजुङ, पाँचथर, संखुवासभा, सोलुखुम्बु, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, गोरखा, लमजुङ, कास्की, स्याङजा, रुपन्देही, कपिलवस्तु, कैलाली, कन्चनपुर, डोटी, डडेल्धुरा, दार्चुला र आसपास भई बहने केहि स-साना नदीहरुमा बहाव बढ्न सक्ने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।