मेयर साम्पाङलाई अदालतको आदेश : व्यक्तिको जग्गामा जबर्जस्ती प्रवेश र धरपकड नगर्नू

काठमाडौ. । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई व्यक्तिको जग्गामा जबर्जस्ती प्रवेश नगर्न आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले मेयर साम्पाङलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको हो । धरानका रोशन अधिकारी र रोजिना अधिकारीले आफ्नो जग्गामा प्रवेश गरेर धरपकड गरेको भन्दै मेयर साम्पाङविरुद्ध उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए ।

व्यक्तिको जग्गामा प्रवेश गरेर मेयर साम्पाङले धरान–४, छोटी मोरङ डाँडामा ६ साउन वृक्षरोपण गरेका थिए । तर, मेयर साम्पाङले भने वृक्षरोपण गरेको जग्गा सर्दु सट्टाभर्नाको जग्गा भएको दाबी गर्दै आएका छन् ।