सुनको भनेर नक्कली गहना दिएर १८ लाख ठगेको आरोपमा एक महिला पक्राउ

काठमाडौं । प्रहरीले पर्वतबाट एक महिलालाई ठगीको आरोपमा पक्राउ गरेको छ।

नक्कली सुनका गहना दिएर १८ लाख रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले ३० वर्षीया महिलालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बागलुङ नगरपालिका–१४ की ३० वर्षीया मीना केसी खड्का छिन्।

उनले एक वर्षअघि आफूसँग भएका गरगहाना दिएर सोही ठाउँका सूर्यबहादुर खड्कासँग १८ लाख रुपैयाँ लगेको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।

मीनाले दिएको गरगहना सुनचाँदी पसलमा जाँच गराउँदा नक्कली भएको खुलेपछि सूर्यबहादुरले प्रहरीमा उजुरी दिएका थिए।

सूर्यबहादुर दिएको उजुरीको आधारमा मीनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको डीएसपी केसीले जानकारी दिए।