सन्दीप लामिछानेको मुद्दा न्यायाधीश पण्डितको इजलासमा, पालो पाँचौं नम्बरमा

काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दा आज जिल्ला अदालतमा सुनवाइ हुँदैछ । न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा मुद्दाको बहस हुने भएको हो ।

फैसलाको चरणमा रहेको मुद्दा धेरै समयदेखि पछि धकेलिँदै आएको थियो । पछिल्लो पटक न्यायाधीशले आमाको जन्ममिति स्पष्ट हुने कागज ल्याउन आदेश दिएर सुनवाइ स्थगित गरिदिएका थिए । उक्त कागज आइसकेपछि आजलाई पेशी तोकिएको हो ।

पेशीको सूचीमा सन्दीपको मुद्दा पाँचौं नम्बरमा परेको छ । यदि आज सुनवाइ सुरु भयो भने एक–दुई दिनमा फैसला आउन सक्छ ।