गाई काटेको अभियोगमा तीन जना पक्राउ

काठमाडौं । गाई काटेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

जिल्लाको शुक्लागण्डकी नगरपालिका-६ कमलबोट बस्ने २९ वर्षीय रमेश नेपाली सहित ३ जनालाई गाई काटेको अभियोगमा शनिवार साँझ प्रहरीले पक्राउ गरेको हो ।

नेपालीले आफ्नै घरमा पाल्दै आएको गाईलाई बारीमा लगेर काट्दै गरेको सूचनाका आधारमा त्यहाँ पुगेको थियो ।

इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले गाई काट्दै गरेको अवस्थामा फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।