संसदीय समितिको सभापति चयनका लागि एमालेबाट ऋषिकेष र किरण कुमारले गराए उम्मेदवारी दर्ता

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत गठित लेखा र महिला तथा सामाजिक मामिला समितिको सभापतिको लागि ऋषिकेष पोखरेल र किरण कुमार साहले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधि सभा अन्तर्गत गठित १० ओटा विषयगत समितिको सभापतिको चयनका लागि आज भइहरेको उम्मेदवारी दर्ता प्रक्रियामा नेकपा एमालेको तर्फबाट लेखा समितिको सभापतिमा ऋषिकेष पोखरेल र महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरण कुमार साहले उम्मेदवारी दर्ता गराएका हुन् ।

एमालेलाई तीन ओटा समिति भागमा परेको छ । भोलि हुने संसदीय समितिको सभापतिको चयनका लागि सभामुख देवराज घिमिरेले आज बिहान ११ बजेबाट ४ बजेसम्म मनोनयन दर्ताको समय तोकेका छन् ।

मनोनयन दर्ता गराएका उम्मेदवारको सूची आज ४:३० बजेपछि प्रकाशन गर्ने संसद सचिवालयको तयारी छ ।