प्रधानमन्त्री र सातै प्रदेशका प्रदेश प्रमुखहरूबीच भेटवार्ता, के-के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सातै प्रदेशका प्रदेश प्रमुखहरूबीच भेटवार्ता भएको छ ।

सोमबार बिहान बालुवाटार पुगेर सातै प्रदेशका प्रदेश प्रमुखहरूले प्रधानमन्त्री प्रचण्डसँग सामूहिक भेटवार्ता गरेका हुन् ।

भेटमा उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।