मोटरसाइकल दुर्घटनामा परि एक युवकको मृत्यु

काठमाडौं । पाल्पामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।

आइतबार राति १ बजे तानसेन-तम्घास सडक खण्डमा लु ४२ प ६७०९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सल्यानको कालीमाटी गाउँपालिका-२ का ३० वर्षीय नरेश घर्ती मगरको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी वीरेन्द्र थापाका अनुसार तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर भित्तामा ठोक्किएको थियो।

दुर्घटनपछि गम्भीर घाइते अवस्थामा घर्तीलाई तानसेन स्थित युनाइटेड मिसन अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको डिएसपी थापाले जानकारी दिए।

मोटरसाइकलको पछाडि बसेका नवलपरासी सरावल गाउँपालिका-१ का २८ वर्षीय प्रकाश थारू घाइते छन्।

उनको मिसन अस्पतालमा उपचार भइरहेको डिएसपी थापाले जानकारी दिए।

दुर्घटना बारे थप अनुसन्धान भइरहेको उनले बताए।