काठमाडौँमा लक डाउन खुकुलो हुँदै, यातायातमा जोरबिजोर लागू गर्ने तयारी

A view of Kathmandu Valley from Kirtipur, on Monday, August 29, 2016. The valley has witnessed excessive population boom over the past few years. Photo: THT

काठमाडौँ । कोरोना संक्रमितको संख्या बढ्दै गए पनि काठमाडौं उपत्यकामा २१ दिनदेखि जारी निषेध आदेश खोलिने भएको छ।

काठमाडौं उपत्यका नगरपालिका फोरमले म‌ंगलबार निषेध आदेश खुकुलो बनाउँदै सीमामा कडाइ गर्न र सवारीसाधनमा जोरबिजोर लगाउन सुझाव दिएको थियो। फोरमले उपत्यका छिर्ने सीमा नाकामा सेना परिचालन गर्न पनि प्रस्ताव गरेको छ।

यस्तै तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सीडी‍ओ० लाई विभिन्न सरकारी निकाय र विज्ञहरुले निषेध आदेश खुकुलो नबनाए जनआक्रोश बढ्न सक्ने सुझाव दिएका छन्।

सोही सुझावका आधारमा निषेध आदेश खोल्न लागिएको बताइएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच आज हुने छलफलले यस विषयमा निर्णय लिनेछ। यसबारे गृह मन्त्रालयसँग समन्वय गरी निर्णय लिइनेछ।

निषेध आदेश खोले पनि यातायातमा भने जोरबिजोर लागू गर्ने तयारी भएको छ। सबै सवारी चल्न दिँदा भीड बढ्ने र संक्रमणको जोखिम उच्च हुने भएकाले जोरबिजोर लगाउने विषयमा छलफल भएको छ।

साउन ७ गतेबाट लकडाउन खुलेसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि भदौ ३ गतेदेखि निषेध आदेश जारी गरिएको थियो। पछिल्लोपटक थपिएको निषेध आदेशको समय आज ९बुधबार० मध्यरातबाट सकिँदै छ।