भोलिदेखि एसिया कप सुरु, नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा, सन्दीप आज टिममा जोडिने

काठमाडौं ।एसिया कप क्रिकेट भोलिदेखि सुरु हुँदैछ । पाकिस्तान आयोजक रहेको प्रतियोगिता योपटक हाइब्रिड मोडलमा पाकिस्तान र श्रीलंकामा हुँदैछ । पाकिस्तानमा ४ खेल हुँदैछन् भने श्रीलंकामा चार खेल हुनेछन् । एसिया कप पहिलोपटक खेल्न लागेको नेपालले समूह चरणका दुई खेल पाकिस्तान र श्रीलंकामा खेल्नेछ ।

पाकिस्तानको मुल्तानमा भोलि उद्घाटन खेल नेपाल र पाकिस्तानबीच हुनेछ । नेपाली समयअनुसार भोलि अपराह्न सवा तीन बजे खेल सुरु हुनेछ । नेपालले पहिलोपटक खेल्न लागेको यो ओडीआईको सबैभन्दा ठूलो प्रतियोगिता हो । नेपालले दोस्रो खेल ४ सेप्टेम्बरमा श्रीलंकाको क्यान्डीमा भारतसँग खेल्नेछ ।

नेपाली टिमबाँकी सदस्य २२ अगस्टमै पाकिस्तान प्रस्थान गरे पनि स्पीनर सन्दीप लामिछाने भने सोमबार मात्र त्यसतर्फ प्रस्थान गरेका छन् । उनी आज नेपाली टिममा जोडिने छन् । कराँचीमा अभ्यास गरेपछि नेपाली टिम आइतबार मुल्तान पुगेको थियो ।

खेलका लागि पाकिस्तानी टिम पनि मुल्तान पुगिसकेको छ । श्रीलंकामा अफगानिस्तानविरुद्धको सिरिज खेलेपछि पाकिस्तानी टिम त्यहाँबाट सिधै मुल्तान पुगेको हो ।