कोरोना : आज १ हजार ८३ जनामा कोरोना पुष्टि, ९१८ जना डिस्चार्ज

काठमाडौँ । आज देशभर १ हजार ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ४९ हजार २१९ पुगेको छ।
पछिल्लो २४ घण्टामा ११ हजार १६७ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। यो सहित हालसम्म ७ लाख ९९ हजार ३४१ जनाको पीसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल देशमा १५ हजार २५ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये संस्थागत आइसोलेसनमा ७ हजार ९८८ र होम आइसोलेसनमा ७ हजार ३७ जना रहेका छन्। हाल ५ हजार ४८० जना क्वारेन्टिनमा बसिरहेका छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर ९१८ जना डिस्चार्ज भएका छन्। हालसम्म ३३ हजार ८८२ जना कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका छन्। यो जम्मा संक्रमितको ६८.८ प्रतिशत हो। पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट जनाको मृत्यु भएको छ।