सांसद न्यौपानेको प्रश्न प्रधानमन्त्रीलाई : हामीले जिते जातीय राज्य दिन्छु भन्नु संविधान विपरित भएन ?

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सांसद ईश्वरी देवी न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफूलाई बहुमत दिए जातीय राज्य दिन्छु भन्न मिल्छ ? भन्ने प्रश्न गरेकी छन्।

उनले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भनिन्, ‘हामीले जिते जातीय राज्य दिन्छु भन्नु संविधान विपरित भएन ? कतै यस्तो अभिव्यक्तिले जातीय द्वन्द्व बढाउने त होइन ?’ भन्दै प्रश्न गरिन्।

त्यसको जवाफ प्रधानामन्त्रीले स्पष्ट दिएनन्। उनले भने, ‘मैले पहिचानको कुरा गर्दा वा कुनै कुरा गर्दा अरु कसैको पहिचान र आस्थामाथि कुनै खालको विभेद नभएको कुरा पनि स्पष्ट पार्न चाहन्छु।’