केएल राहुलले नेपालविरुद्धको खेल नखेल्ने

काठमाडौं । भारतका केएल राहुलले एसिया कपअन्तर्गत समूहगत चरणका दुवै खेल गुमाउने भएका छन् ।

भारतीय क्रिकेट नियन्त्रण बोर्डका अनुसार राहुल पाकिस्तान र नेपालविरुद्ध हुने खेलहरु खेल्न नसक्ने भएका हुन् ।

भारत दोस्रो चरणमा पुगेमात्र राहुलले खेल्न सक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रशिक्षक राहुल द्रविडले केएल राहुलको स्वास्थ्यमा सुधार भइरहेको उल्लेख गरेका छन् ।

भारत समूहगत चरणमा सेप्टेम्बर २ मा पाकिस्तानसँग र सेप्टेम्बर ४ मा नेपालसँग खेल्दैछ ।