एमाले नेता चढेको बुद्ध एयरको जहाज काठमाडौँ फिर्ता

ठमाडौँ । नेकपा एमालेका शीर्ष नेताहरू सवार बुद्ध एयरको जहाज जनकपुर विमानस्थल नजिकै पुगेर पुन : काठमाडौँ फिर्ता भएको छ । जहाजमा प्राविधिक समस्या आएकाले सो जहाज पुन: काठमाडौँ अवतरण भएको हो ।

सचिवालय बैठकमा सहभागी हुन एमाले नेताहरू जनकपुर हुँदै सिराहा जान लागेका थिए । जहाजमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव विष्णु रिमाल, अमृत बोहरा लगायतका नेता जनकपुर जान लागेका थिए ।

‘जनकपुर नजिकै पुगेर पनि अकासबाटै जहाज फिर्ता भएर काठमाडौँ फर्कियो । प्राविधिक समस्या भएको भनेर जानकारी गराइयो’, नेता नेम्वाङले भने, ‘काठमाडौँबाट अर्को जहाज चढेर पुन जनकपुर जाने तयारीमा छौ ।’