सम्हालिएर खेल्दै पाकिस्तान, बाबर र रिजवानबीच ५० रनको साझेदारी

काठमाडौं । एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तानबीचको म्याच प्रतिस्पर्धात्मकरुपमा अघि बढेको छ । ओपनिङ जोडी सस्तोमा गुमाएपछि पाकिस्तानलाई बाबर आजम र मोहम्मद रिजवानले सम्हालेका छन् ।

यो जोडीबीच ५० रनको साझेदारी भइसकेको छ । नेपाली बलरहरुलाई उनीहरुले नापतौल गरेर खेलिरहेका छन् । उनीहरुको साझेदारी तोड्नु नेपालका लागि अत्यावश्यक छ । नेपालले केही मिसफिल्ड गर्दा पनि रन चुहियो ।

यो समाचार लेख्दासम्म १८ ओभरको समाप्तिमा पाकिस्तानले ८३ रन जोडेको छ । बाबरले ३१ रन र रिजावानले २७ रन बनाएर खेलिरहेका छन् ।