चीनले चुच्चे नक्सा स्वीकार नगरेको भन्दै बालेन्द्र शाहद्वारा चीन भ्रमण रद्द

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो पाँच दिने चीन भ्रमण रद्ध गरेका छन् ।

बालेन चीनले हालै प्रकाशित गरेको नक्सामा नेपालको चुच्चे नक्साको ठाउमा पुरानो नक्सालाई कायम गरेको भन्दै नैतिकताको आधारमा चीन भ्रमण नजाने निर्णय गरेको बताएका छन् ।

साथै बालेनले चीनको यो कदमलाई हाम्रो संबेदनशीलतामाथि चालेको कदम भनेका छन् ।

उनले भनेका छन् :

हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ ।

नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।