काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालमा नक्कली बाख्राको खोर देखाएर अनुदान खाने कम्युनिष्टहरु रहेको बताएका छन् ।
बिहीबार वीरेन्द्रनगरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै उनले एमसीसी जनताको हितमा नभएको दाबी गरेका हुन् ।
महासचिव विप्लवले दलाल पुँजीपतिले नेपाललाई गम्भीर मोडमा लगिरहेको बताए । उनले क्रान्तिबाट प्राप्त उपलब्धिको रक्षाका लागि कम्युनिस्ट पार्टीहरु एक ठाउँमा उभिनुपर्ने बताए ।
महासचिव विप्लवले कम्युनिस्ट पार्टीहरु समाजवादी मोर्चामा आउनुपर्ने बताएका हुन् । उनले अहिलेसम्म कसैको अधीनमा नरहेको नेपाललाई आफ्नो नियन्त्रणमा राख्ने प्रयास भइरहेको बताए ।
उनले भने, ‘हामी क्रान्तिकारीहरू त्यसविरुद्ध लड्न तयार छौँ । समाजवादी मोर्चा क्रान्तिको प्रतीक हो । नेपालमा सामन्तवादीहरुको चकचकी थियो । तर त्यो सामन्तवादलाई परास्त गरेका थियौँ ।’
महासचिव विप्लवले नेपालमा अर्को क्रान्तिको पुनः आवश्यक रहेको बताए । क्रान्ति पुरा गर्न समाजवादी मोर्चाको तयारी गरिएको उनले बताए ।
Add Comment