भोलि दिनभर काठमाडौं र ललितपुरका यी ठाउँमा आउने छैनन् बत्ती ?

काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा भोलि दिनभरजसो बिजुली नआउने भएको छ । नेपाल विद्युत् प्राधिकारणले आज सूचना निकालेर बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् अवरूद्ध हुने जानकारी गराएको हो ।

रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरमा बत्ती जाने भएको हो ।

टेकु तथा के-थ्री सबस्टेसन तथा त्यससँग सम्बन्धित स्वीचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको बिजुली बन्द हुने भएको हो । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी काम भइरहेको प्राधिकरणले जनाएको छ ।