काठमाडौं । भारत सरकारले खाना पकाउने ग्यास (एलपीजी) को मूल्य प्रतिसिलिन्डर २०० भारुले घटाएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकबाट रक्षाबन्धन पर्वलाई मध्यनजर गरी सो निर्णय गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा सूचना तथा प्रसारणमन्त्री अनुराग ठाकुरले बताए ।
अब दिल्लीमा खाना पकाउने ग्यास प्रतिसिलिन्डर (१४.२ किलो) ९०३ भारु (करिब ११ अमेरिकी डलर) मा उपलब्ध हुनेछ । यो निर्णयले ३३ करोडभन्दा बढी उपभोक्तालाई फाइदा हुने बताइएको छ । सिन्ह्वारन्युज एजेन्सी नेपाल
Add Comment