पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बाग्लुङ खण्ड पहिरोले अवरुद्ध भएको छ । गएराति परेको अविरल वर्षाका कारण पहिरो जाँदा आज बिहानैदेखि सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएसँगै बाग्लुङका विभिन्न पालिकासहित पर्वत, गुल्मीसँगको सडक सम्पर्क टुटेको छ ।

ट्राफिक प्रहरी प्रमुख मीनबहादुर खड्काले कालीगण्डकी करिडोरको मालढुङ्गाबाट बलेवा खण्डअन्तर्गत बाग्लुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको जानकारी दिनुभयो ।

‍सडक खुलाउने प्रयास भइरहेको उनले बताए ।