बेलिङघमले गोलमा रियल म्याड्रिडको जित

काठमाडौं । स्पेनिस ला लिगामा रियल म्याड्रिडले लगातार चार खेलमा जित हात पारेको छ।

शनिबार भएको खेलमा रियलले गेटाफेमाथि २-१ गोलको रोमाञ्चक जित हात पार्‍यो।

खेलमा अग्रता गेटाफले खेलको ११ मिनेटमा बोर्जा मयोरलको गोलबाट लिएको थियो।

रियलका लागि जोसेलुले खेलको ४७ मिनेटमा बराबरी गोल गरे।

दोस्रो हाफको इन्जुरी समयको पाँचौ मिनेटमा बेलिङघमले गोल गर्दा रियलले जित निकाल्न सफल भयो। रियल लगातार चार जितसहित अंक तालिकाको शीर्ष स्थानमा छ।