एसिया कप : पाकिस्तानसँग अंक बाँडेको भारतलाई नेपाल हराए सुपर फोरमा पुग्ने

काठमाडौं । एसिया कप क्रिकटमा गएराति चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको खेल रद्द भयो । वर्षाका कारण खेल रद्द भएसँगै दुवैले एकरएक अंक बाँडेका छन् ।

भारतसँग अंक बाँडे पनि पहिलो खेलमा नेपाललाई हराएको पाकिस्तान तीन अंकका साथ सुपर फोरमा पुगेको छ ।

भारतलाई भने सुपर फोरमा पुग्न आगामी खेल हार्न नहुने दबाब छ । भारतमाथि हार्न नहुने दबाब परिरहँदा नेपाललाई भने सुपर फोरमा पुग्ने अवसर हुनसक्छ ।

सोमवार हुने खेलमा नेपालले भारतलाई हराए सिधै सुपर फोरमा पुग्ने छ । समूह ए को अन्तिम नेपाल र भारतबीचको खेल सोमबार दिउँसो सवा ३ बजे शुरू हुनेछ ।

फेरि वर्षाका कारण खेल रद्द भएको अवस्थामा भने भारत नै सुपर फोरमा पुग्ने छ । नेपाल सुपर फोरमा पुग्न जीतबाहेक अन्य कुनै पनि विकल्प छैन ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो ।