आज दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक २९.८१ अंकले घटेर १९६०.७८ बिन्दुमा बन्द भएको छ।

आइतबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन १ अर्ब १३ करोड रूपेयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब १८ करोड ६६ लाख १८ हजार ४१० रुपैयाँ पुगेको छ।

यस दिन २७६ वटा धितोपत्रको ४० लाख ५३ हजार ३६८ कित्ता सेयर किनबेच भएको हो।

आइतबार थ्रि स्टार हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।

उक्त कम्पनीको सेयर मूल्य २५४ रुपैयाँ १० पैसा पुगेको छ।

यस्तै, सिक्लेस हाइड्रोपावरको सेयर मूल्य ५।५६ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३५८ रुपैयाँ ९० पैसा कायम भएको छ।

सेयर मूल्य सर्वाधिक घट्नेमा लिवर्टी इनर्जी र सीटी होटल रहेको छ। उक्त कम्पनीहरूको सेयरमूल्य १० प्रतिशतका दरले घटेर प्रति कित्ता मूल्य क्रमशः २०२ रुपैयाँ ५० पैसा र ६८० रुपैयाँ ४० पैसामा सीमित भएको छ।

आइतबार सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ४३८ रुपैयाँमा ३ करोड ८८ड लाख बराबरको सेयर कारोबार भएको हो।

यो मूल्य अघिल्लो दिनको तुलनामा २.८८ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा आइएमई लाइफ इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५४१ रुपैयाँ ३० पैसामा ३ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।

यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ३.०३ प्रतिशतले घटेको हो।