काठमाडौं । चन्द्रयान अभियान–३ अन्तर्गत काम गरिरहेको रोभरले आफ्नो असाइनमेन्ट ९काम० पूरा गरेको छ । रोभर अहिले स्लीपिङ मोडमा गएको छ ।
भारतीय रक्षा अनुसन्धान सङ्गठन (इसरो) ले सोसल मिडिया प्लेटफर्म एक्स ९ट्विटर० मा यसबारे जानकारी दिँदै भनेको छ, ‘चन्द्रयान–३ अन्तरिक्षयानको रोभर प्रज्ञान ‘स्लिप मोड’ मा गएको छ । तर यसको ब्याट्री चार्ज छ र रिसिभर अन छ ।’
इसरोले लेखेको छ, ‘आशा छ कि प्रज्ञान रोभर कुनै अन्य असाइमेन्टका लागि जागा हुनेछ । यो रोभर त्यहाँ भारतको चन्द्र राजदूतको रूपमा सधैँ रहिरहनेछ ।’
प्रज्ञान चन्द्रमाको सतहमा १०० मिटरसम्म हिँड्यो । यसले सल्फर, फलाम, अक्सिजन र अन्य तत्त्वहरूको उपस्थिति पुष्टि गरेको छ ।
चन्द्रयान–३ मिसनको सफलतासँगै भारत, अमेरिका र पूर्व सोभियत सङ्घसँगै चन्द्रमाको सतहमा अवतरण गरेका देशहरूको क्लबमा सामेल भएको छ ।
तर, चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो अन्तरिक्ष यान अवतरण गर्न सफल हुने पहिलो देश भारत हो । यसअघि रुसको चन्द्रमा मिसन दुर्घटनाग्रस्त भएको थियो । भारतको यो सफलताको मिडियामा निकै तारिफ भइरहेको छ ।
Add Comment