यो सरकार माटोको तोर्माजस्तो भयो, ऐया पनि छैन, आथु पनि छैन : महेशकुमार बर्तौला

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारलाई माटोको तोर्माको संज्ञा दिएको छ ।

सोमबार बसेको संसद्‌ बैठकको शून्य समयमा भाग लिँदै एमाले सचेतक महेशकुमार बर्तौलाले भने— यो सरकार माटोको तोर्माजस्तो भयो । ऐया पनि छैन, आथु पनि छैन ।

त्यसअघि उनले भने “विगत ४ वर्षयता झन्डै १५० हजार नागरिकले कोरोनाबाट सुरक्षित रहने भन्दै बीमा गर्छन् । तर, पाउनुपर्नेमध्ये ११ अर्ब रुपैयाँचाहिँ पाउँदैनन् । त्यो रकम अहिले पनि उनीहरूले पाएका छैनन् । उनीहरूलाई तुरुन्त रकम फिर्ता पाउने व्यवस्था मिलाइयोस् ।”