सिटी हस्पिटलका डा. राई जबर्जस्ती करणी आरोपमा पक्राउ

काठमाडौं । हेटौँडा उपमहानगरपालिका–१, स्थित सिटी हस्पिटलका सञ्चालक फिजिसियन डा. बसिम राई जबर्जस्ती करणी आरोपमा पक्राउ परेका छन् ।

काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० घर भई लामो समयदेखि राई हेटौँडामा कार्यरत थिए । राईमाथि एक युवतीले १८ भदौ सोमबार रातको साढे १० बजे जबर्जस्ती करणी गरेको भन्दै मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएकी छन् ।

प्रहरीका अनुसार राईले १ नम्बर वडास्थित हस्पिटल नजिकैको आफ्नो डेरामा युवतीलाई जर्वजस्ती करणी गरेको आरोप छ । उजुरीमा राईले युवतीलाई रातभर अप्राकृतिक मैथुन गराएको र मुखमै पिसाब फेरेको आरोप लगाइएको समाचार स्रोतले जानकारी दिएको छ ।