महिला खेलाडीलाई चुम्बन गरेको आरोपमा प्रशिक्षक भिल्दा बर्खास्त

काठमाडौं । स्पेनले महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक जर्ज भिल्दालाई बर्खास्त गरेको छ। स्पेनले हालसालै महिला विश्वकपको उपाधि जित्दा प्रमुख प्रशिक्षक रहेका थिए।

स्पेनिन फुटबल संघका अध्यक्ष लुइस रुबियालेस विश्वकप जितेपछि महिला खेलाडीलाई चुम्बन गरेको विवादमा परेपछि स्पेनिस फुटबलमा नयाँ नयाँ घटनाक्रमको विकाश भइरहेको छ।

रुबियालेसलाई निलम्बन गरेर विश्व फुटबल महासंघ (फिफा) ले छानबिन गरिरहेको छ।

भिल्दासँग स्पेनिस टोलीमा रहेर काम गरेका अधिकांशले राजीनामा दिइसकेका छन् भने खेलाडीहरूले पनि खेल्न अस्वीकार गरिरहेका थिए।

रुबियालेसमा निलम्बन भएपछि कामु अध्यक्ष नियुक्त भएका पेड्रो रोचाले रुबियालेसका निकट मानिने भिल्दालाई जिम्मेवारीबाट हटाएका हुन्।

स्पेनिस महिला फुटबल टोलीको प्रशिक्षकमा मन्त्से तोमी नियुक्त गरिएको छ। स्पेनिस महिला फुटबल टोलीको प्रशिक्षकको जिम्मेवारी पाउने तोमी पहिलो महिला प्रशिक्षक हुन्।

स्पेनकी पूर्व मिडफिल्डर तोमीले यसअघि भिल्दाको प्रशिक्षण टोलीमा रहेर काम गरेकी थिइन्। भिल्दा सन् २०१५ देखि स्पेनिस टोलीको प्रशिक्षक रहेका थिए।