पानीमा डुबेर दुईजनाको मृत्यु

काठमाडौं । ओखलढुंगा र झापाको दुई छुट्टाछुट्टै स्थानमा मंगलबार दिउँसो पानीमा डुबेर दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ओखलढुंगाको मोलुङ गाँउपालिका–२, रामपुरकी ७५ वर्षीया रत्नकुमारी विश्वकर्मा र झापाको बुद्धशान्ति गाउँपालिका–२ का १९ वर्षीय मनोज तामाङ रहेका छन् ।

विश्वकर्माको मोलुङ खोलामा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बरुणेश्वरजे जनाएको छ ।

तामाङको झापाको बुद्धशान्ति गाउँपालिका–१ मा रहेको कुलोमा डुबेर मृत्यु भएको हो । कुलोमा डुबेको सूचना पाएपछि प्रहरी टोलीले उद्धार गरी उपचारका लागि बी एण्ड सी अस्पताल विर्तामोड पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।