मानव बेचविखन जस्ता अपराधहरु नियन्त्रणको लागि राज्यको एकल प्रयासले मात्रै केही सम्भव हुँदैनः मन्त्री आचार्य

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले राज्यको एकल प्रयासले मात्र कुनै राष्ट्रका हरेक समस्या समाधान सम्भव नहुने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित मानव बेचबिखन विरुद्धको सत्रौं राष्ट्रिय दिवस मूल समारोहमा उनले मानव बेचविखन जस्ता अपराधहरु नियन्त्रणको लागि राज्यको सबै संयन्त्र शसक्त भएर लाग्नुपर्ने बताएका हुन् । त्यसका लागि निजी क्षेत्र तथा आम नागरिकको पनि सहयोग आवश्यक हुने उनको भनाई छ ।

‘राज्यको एकल प्रयासले मात्र मानव बेचबिखन जस्ता अपराध नियन्त्रण हुन नसक्ने हुँदा विभिन्न समाजिक संघसंस्था, गैर सरकारी संस्था, निजि क्षेत्रको अहम भुमिका रहन्छ ।’

मन्त्री आचार्यले सामाजिक संञ्जालको दुरुपयोग र वैदेशकि रोजगारको बढ्दो प्रवृत्तिका कारणले अपेक्षीत रुपमा यस्ता अपराधहरु समाधान हुन नसकेको बताए । नेपाल सरकार मानव बेचबिखन नियन्त्रणमा पूर्ण सक्र्रिय रहेको र यसको नियन्त्रणको लागि सम्बन्धित स्टेक होल्डरसंग सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाएका छन् ।