डोमेस्टिक स्ट्रक्चर केही पनि छैन, अब चाहिँ हाई टाइम भइसक्यो, पूर्वाधारमा लगानी गर्नुपर्छ : कप्तान रोहित

काठमाडौं। राष्ट्रिय क्रिकेट टोलिका कप्तान रोहित पौडेलले अब पूर्वाधारमा लगानी गर्नुको विकल्प नभएको बताएका छन्।

एसिया कप खेलेर स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँग बोल्दै रोहितले भने, ‘ अब चाहिँ हाई टाइम भइ सक्यो, इन्फ्रास्ट्रक्चर (पूर्वाधार) मा इन्भेस्ट (लगानी) गर्नुपर्छ। जहिल्यै पनि ती कुराहरुमा संघर्ष गरिरहेका हुन्थ्यौँ हामी। एउटै विकेट छ त्यसैमा सबै जनाले तयारी गरिरहनु परेको छ। डोमेस्टिक स्ट्रक्चर छैन केही पनि। प्रत्येक प्रदेशमा ग्राउन्ड खासगरी पिचहरु भयो भने तयारी गर्न सकिन्छ।’

एसिया कपमा नेपालले विश्व क्रिकेटका दुई महाशक्ति भारत र पाकिस्तानसँग खेलेको थियो।