अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको एकदिवसीय क्रिकेट शृङ्खला आजदेखि शुरु

काठमाण्डौ । अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको एकदिवसीय क्रिकेट शृङ्खला आजदेखि शुरु हुँदैछ । पहिलो खेल ब्लोमफोंटेनमा नेपाली समय अनुसार बेलुका पौने ५ बजे शुरु हुनेछ । यी दुई देशबीच पाँच खेलको एकदिवसीय शृङ्खला हुन लागेको हो ।

दोस्रो खेल पर्सि ९ तारिखमा, तेस्रो खेल १२ तारिखमा, चौथो खेल १५ तारिखमा र पाँचौँ तथा अन्तिम खेल १७ तारिखमा हुनेछ । यसअघि भएको तीन खेलको टी–२० शृङ्खलामा पाहुना टोली अस्ट्रेलियाले क्लिन स्वीप गरेको थियो ।

अस्ट्रेलियाले विश्वकप अघि दक्षिण अफ्रिकासँग पाँच र भारतसँग तीन एकदिवसीय खेलको शृङ्खला खेल्न लागेको हो । भारतसँग सेप्टेम्बर २२, २४ र २७ तारिखमा खेल हुनेछ । एकदिवसीय विश्वकपका लागि घरेलु टोली भारतले रोहित शर्माको कप्तानीमा टोली घोषणा गरेको छ भने दक्षिण अफ्रिकाको कप्तानी टेम्बा बभुमा र अस्ट्रेलियाको कप्तानी प्याट कमिन्सले गर्नेछन् ।

एकदिवसीय विश्वकप अक्टोबररनोभेम्बरमा भारतमा हुँदैछ ।