कृषि गणना २०७८ : ट्याक्टर प्रयोग गर्ने किसानको संख्या दोब्बरले बढ्यो

काठमाडौं । नेपालमा कृषिको यान्त्रीकरण क्रमशः बढ्दै गएको पाइएको छ।

कृषि गणना २०६८ मा ८ लाख ४५ हजार अर्थात् २२ प्रतिशत किसानले कृषि कार्यमा ट्याक्टरको प्रयोग गरेको थिए।

तर, सातौ कृषि गणना २०७८ मा आएर १६ लाख ३९ हजार कृषकले ट्याक्टरको प्रयोग गरेको पाइएको छ।

यसले ४० प्रतिशत कृषक परिवारले ट्याक्टर प्रयोग गरेको पाइएको हो।

त्यस्तै, २०६८ मा कृषक परिवारसँग भएको ट्याक्टरको संख्या ३७ हजार मात्रै रहेकोमा अहिले बढेर ५८ हजार पुगेको छ।

त्यस्तै, अहिले ४ लाख ७१ हजार अर्थात् ११ प्रतिशत कृषक परिवारले पावल ट्रिलर, मिनि ट्रिलरको प्रयोग गरेको पाइएको छ। २०६८ सालमा यो संख्या ७६ हजार मात्रै थियो।

त्यस्तै, २०६८ सालमा बाली झाट्ने औजार प्रयोग गर्ने कृषक परिवारको संख्या आठ लाख तीन हजार मात्रै भएकोमा अहिले ११ लाख ७५ हजार पुगेको छ।

कृषि गणना २०७८ मा ६ लाख ९१ हजार कृषक परिवारले पम्पिङ सेट वा मोटर प्रयोग गरेको पाइएको छ।

११ लाख ५१ हजार कृषक परिवारले स्पेयर प्रयोग गरेको देखाएको छ।

२०६८ सालमा ५ लाख ६८ हजार कृषकले पम्पिङ सेट प्रयोग गरेका थिए। ५ लाख ७४ हजार किसानले स्पेयर प्रयोग गरेका थिए।