कोशी सरकार गठनसम्बन्धी मुद्दाको बहस सकियो, आजै फैसला आउने तयारी

काठमाडौं । कोशी सरकार गठनसम्बन्धी मुद्दाको बहस सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, डा। कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सोमबारदेखि भएको बहस बिहीबार सकिएको हो ।

उक्त मुद्दाको आजै फैसला गर्नेगरी तयारी भइरहेको छ ।

भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा ज्येष्ठ सदस्यको हैसियतले संसद चलाएका इस्राइल मन्सुरीले पनि विश्वासको मत दिएपछि एमाले अदालत गएको थियो।

एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले मुद्दा दायर गरेका थिए ।