भुटानी शरणार्थी प्रकरणको पेशी स्थगित

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पाटन उच्च अदालतमा बिहीबारलाई तोकिएको पेशी स्थगित भएको छ । निवेदकले नै पेशी स्थगित गरेको उच्च अदालत स्रोतले जनाएको छ ।

भुटानी शरणार्थी प्रकरणमा २० जनाले उच्च अदालतमा जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन गरेका छन् ।

१६ जना प्रतिवादीलाई जिल्ला अदालतले कारागार पठाउने आदेश गरेको थियो ।