आज घट्यो सेयर बजार

काठमाडौँ । बिहीबार सेयर बजारको परिसूचक नेप्से २८.९२ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से १९३२ अंकमा कायम भएको छ । परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । १ अर्ब १५ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ ।अघिल्लो कारोबार दिन ७९ करोड ६८ लाखको कारोबार भएको थियो ।

२१ कम्पनीको मूल्य बढ्दा २०३ को घट्यो भने ४ को स्थिर रह्यो । सबै उपसमूहका सूचक घटेका छन् । बैंकिङ १३, विकास बैंक ४४, फाइनान्स १९, होटल तथा पर्यटन ९३, जलविद्युत् ५०, जीवन बीमा १५०, उत्पादन ८९, माइक्रोफाइनान्स ४९, निर्जीवन बीमा १४१, अन्य २९ र व्यापार उपसमूह १२ अंक घटे ।

शुभम् पावरको मूल्य १० प्रतिशत बढ्दा थ्रीस्टार हाइड्रोको ७ प्रतिशत बढ्यो । बाराही हाइड्रोपावरको मूल्य ९.७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा लिबर्टी इनर्जी, सोल्टी होटल, शिवम् सिमेन्ट, आईएमई लाइफ र सिद्धार्थ बैंक क्रमशः अगाडि रहे ।