सुदूरपश्चिममा १४ कैदीबन्दीलाई माफी

कैलाली । संविधान दिवसको अवसरमा सुदूरपश्चिममा १४ जना कैदीको कैद मिनाहा भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषद्को सिफारिसमा विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका १४ जनाले कैद र जरिवाना समेत माफी गरेकी हुन।

माफी पाउनेमा डडेल्धुराका पाँच, कैलालीका र बाजुराका तीनरतीन बझाङ, दार्चुला र कञ्चनपुरका एकरएक जनाको कैद माफी भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए।

बाजुरामा कर्तव्य ज्यान मुद्दाका दुई जना र ज्यान मार्ने उद्योगका एक जना, कैलालीमा कर्तव्य ज्यान मुद्दाका एक जना र सवारी ज्यान मुद्दाका दुई जना, बझाङमा, दार्चुला र कञ्चनपुरका एकरएक जना कर्तव्य ज्यान मुद्दाका रहेको प्रहरी वरिष्ठ उपरीक्षक सिंहले बताए ।

कैद माफी भएका उनीहरु सबै आज नै जेलमुक्त हुने उनले बताए।