आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ।

बिहीबार १ लाख १२ हजार रूपैयाँमा कारोवार भएको सुन आज १ लाख १२ हजार ३ सय रूपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै तेजावी सुन आज १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ।

यता, चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेको छ। बिहीबार १ हजार ४ सय १० रुपैयाँमा कारोवार भएको चाँदी आज १ हजार ४ सय ५ रूपैयाँमा कारोवार भइरहेको छ।