साउदीको दमाममा नियमित उडान सुरू गर्दै नेपाल एयरलाइन्स

फाईल तस्बिर

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले साउदी अरेबियाको दमाममा नियमित उडान सुरू गरेको छ।

निगमले गत बुधबारदेखि काठमाडौं–दमाम–काठमाडौं सिधा उडान सुरू गरेको बताएको छ। निगमकाअनुसार बुधबार राति १०:४० मा भएको उडानमा १ सय २६ यात्रु थिए भने दमामबाट काठमाडौं फर्किदा १ सय १७ जना थिए।

निगमका प्रवक्ता रमेश पौडेलले साताको दुई दिन बुधबार र शनिबार उडान गर्ने जानकारी दिए। बजार माग र निगम बजार व्यवस्थापनअुनसार उडान संख्या बढाउँदै लैजाने उनको भनाइ छ।

टिकट अनलाइन र नजिकको ट्राभल एजेन्सीमार्फत् लिन सक्ने निगमले जनाएको छ।