अनिश्चितकालका लागि राष्ट्रिय सभाको बैठक स्थगित

फाईल तस्बिर

काठमाडौं । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आइतबार बिहान ११ बजे बस्नेगरी बोलाइएको बैठक स्थगित भएको हो ।

सचिवालयका महासचिव भरतराज गौतमले विशेष कारणवश अर्को बैठकको मिति र समय तय नभएसम्मको लागि बैठक स्थगित भएको एक सूचना जारी गर्दै जानकारी गराएका छन् ।