हङकङमा भारी वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित

काठमाडौं । हङकङमा वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित भएको छ ।

हङकङ अब्जर्भेटरी (एचकेओ) ले बिहीवार रातिदेखि हङकङका अधिकांश भागमा ७० मिलिमिटरभन्दा बढी वर्षा भएको र नयाँ क्षेत्रको उत्तरपूर्वी भाग र हङकङ टापुको काउलुनमा पनि दुई सय मिलिमिटर भन्दा बढी पानी रेकर्ड गरिएको छ ।

अब्जर्भेटरी मुख्यालयले राति ११ बजेको बीचमा प्रतिघण्टा १५८.१ मिलिमिटर वर्ष रेकर्ड गरेको छ । हङकङमा यो १८८४ पछिकै अत्याधिक वर्षा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।