भोलिबाट तारा एयरको पोखरा-जोमसोम नियमित उडान शुरु हुँदै

काठमाडौं ।तारा एयरले प्रतिकुल मौसमसँगै बन्द भएको पोखरा÷जोमसोमको उडान भोलिदेखि नियमित गर्ने भएको छ । बिस्तारै मौसम अनुकुल हुन थालेको र पर्यटक सिजन पनि सुरु हुन लागेकोले उडान नियमित हुन लागेको हो ।

जोमसोमको नियमित उडानका लागि तारा एयरले एउटा विमान पोखरामै रात्रि बिसान गर्नेछ । हालका लागि मौसम अनुकुल भए दैनिक ५ वटा उडान गर्ने गरि तालिका मिलाइएको छ ।

तारा एयरको उडान पोखराको पुरानो एयरपोर्ट बाटै संचालन हुनेछ । मुस्ताङ जिल्लामा अवस्थित जोमसोम विमानस्थल समुन्द्री सतहबाट २७३६ मिटर उचाईमा रहेको छ भने यस एअरपोर्टको लम्बाई ७३९ मिटर रहेको छ ।