काठमाडौं । मकवानपुर प्रहरीले ७१ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्ला, कैलाश गाउँपालिका वडा नम्बर १ का ३५ बर्षीय गणेश थापा रहेका छन् । उनलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका ९ रजैयाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
थापाले प्रयोग गर्ने बा ६ च १८४७ नम्बरको कारको डिक्कीका लुकाई राखेको अवस्थामा ७१ किलो ११५ ग्राम लागूऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
Add Comment