मलाई पद मात्रै खाएर बसिराखोस् भनेर नयाँ प्रकारका षड्यन्त्र र तिकडमहरू भइरहेका छन् : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासन अभियान रोक्न गम्भीर चलखेल भइरहेको बताएका छन् । उनले अहिले सरकारको भ्रष्टाचारविरोधी अभियान शिथिल बनाउन विभिन्न तिकडम भए पनि आफू उक्त अभियानबाट बिचलित नहुने प्रतिबद्धता दोहोर्‍याए ।

‘मलाई पद मात्रै खाएर बसिराखोस् भनेर नयाँ प्रकारका षड्यन्त्र र तिकडमहरू भइरहेका छन्’, उनले भने, ‘तर म कबुल गर्न चाहन्छु– हामी विश्राम लिनेछैनौँ। सुशासनको अभियानलाई जारी राख्नेछौँ।’