वर्षाका कारण रोकिएको भारत-पाकिस्तानबिचको खेल सुरु, ५० ओभरकै खेल हुने

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत वर्षाका कारण रोकिएको सुपर ओभरको भारत-पाकिस्तान भिडन्त केही बेरमा सुचारु हुने भएको छ । नेपाली समयअनुसार ४ बजेर ५५ मिनेटमा खेल सुरु हुनेछ । यसअघि आइतबार भारतले २४।१ ओभर ब्याटिङ गरेपछि वर्षाका कारण खेल रोकिएको थियो ।

रिजर्भ डेमा सरेको यो खेल सोमबार ३ बजेर १५ मिनेटमा सुरु हुनुपर्ने थियो । तर वर्षाका कारण झन्डै डेढ घण्टा खेल सुरु हुन लागेको हो । यो खेलमा दुवै टोलीले ५०र५० ओभर ब्याटिङ गर्ने छन् ।

भारतले खेल रोकिनुअघि २ विकेट गुमाएर १ सय ४७ रन जोडेको थियो ।