नेम्वाङको निधनबाट पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको छ : पूर्व राष्ट्रपति भण्डारी

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताएकी छन् ।

सामाजिक सञ्जालमार्फत उनले नेम्वाङलाई मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वकारी गुण भएको व्यक्तित्वका रूपमा स्मरण गरेकी छन् । नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले स्तब्ध भएको पूर्व राष्ट्रपति भण्डारीले बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका नेकपा (एमाले) का उपाध्यक्ष श्री सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले स्तब्ध भएको छु । म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । यस दुःखद घडीमा शोकाकुल परिवारजन र पार्टी परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु । उहाँको निधनले सिङ्गो पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको छ ।’