नेपाल एयरलाइन्सले सार्वजनिक गर्‍यो उडान तालिका

काठमाडौँ । नेपाल एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेको छ। आज (५ असोज) देखि आन्तरिक उडान सुरु भएसँगै एयरलाइन्सले विभिन्न गन्तव्यमा हुने उडान तालिका सार्वजनिक गरेको हो।

तालिकाअनुसार काठमाडौँ–रुकुम–काठमाडौँ र रुकुम–नेपालगन्ज–रुकुममा आइतबार र बिहीबार उडान हुनेछ। नेपालगन्ज–जुम्ला–नेपालगन्ज पनि आइतबारको दिन उडान हुनेछ।

काठमाडौँ । भोजपुर–काठमाडौं सोमबार, मंगलबार र शुक्रबार तय भएको छ।

काठमाडौँ–दाङ–काठमाडौँ गन्तव्यमा सोमबार, बुधबार र शुक्रबार नेपाल एयरलाइन्सको विमानले उडान भर्नेछन्।

त्यस्तै काठमाडौं–फाप्लु–काठमाडौं आइतबार र मंगलबार भने काठमाडौं–थामखर्क–काठमाडौं बुधरबार उडान तोकिएको छ।

बिहीबारको दिन नेपालगन्ज–बाजुरा–नेपालगन्ज उडान हुनेछ। त्यसैगरी बुधबार र शनिबारको दिन काठमाडौं–तोप्लेजुङ–काठमाडौं र काठमाडौं–खानीडाँडा–काठमाडौं उडान हुनेछ।