एमालेद्वारा अर्को सूचना नभएसम्मका लागि सम्पूर्ण कार्यक्रम स्थगन

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन भएपछि पार्टीका सम्पूर्ण कार्यक्रम स्थगन भएका छन् ।

नेता नेम्वाङको हृदयघातका कारण गयराति निधन भएपछि एमालेले पूर्वनिधारित कार्यक्रमहरु अर्को सूचना नभएसम्मका लागि स्थगन गरेको हो ।

एमाले सचिव योगेश भट्टराईका अनुसार एमालेले पार्टीका उपाध्यक्ष नेम्वाङको निधन भएपछि शोकको यस घडीमा पार्टी र पार्टी सम्बद्ध जनसङ्गठनका सबै कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गरेको जानकारी दिए ।