सरकारी छाप र दस्तखत किर्ते गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं । सरकारी छाप र दस्तखत किर्ते गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पुतली बजार नगरपालिका–१ का ३३ वर्षीय राम प्रसाद पौडेल, ४० वर्षीय शालिकराम शर्मा र पोखरा महानगरपालिका १७ बस्ने ४७ वर्षीय रामचन्द्र सुवेदी छन् ।

प्रहरी निरीक्षक पहल सिंह लामाका अनुसार पौडेललाई स्वयम् विदेश जाने प्रयोजनार्थ सरकारी छाप दस्तखत किर्ते गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका पौडेलले रा.प तृतीय श्रेणीको अधिकृत भएको काजगातको आधारमा अष्ट्रलेलिया जाने तयारी गरेको अवस्थामा दूतावासले शङ्का लागि नगरपालिकामा सोधपुछ गर्दा नक्कली भएको प्रमाणीत भएपछि प्रहरीले पक्राउ गरेका हो ।

यस्तै, शर्मालाई नगरपालिकाको छाप बनाउन सहयोग गरेको र सुवेदीलाई नक्कली छाप सुरक्षित ढङ्गले राखेकाले पक्राउ गरेको हो ।

किर्ते कामका मुख्य आरोपित पौडलले आफुले नक्कली कागजात बनाई विदेश जाने तयारी गरेको स्वीकार गरेको प्रहरी निरीक्ष लामाले बताए ।