काठमाडौं । एसियाली खेलकुद अन्तर्गतको पुरुष क्रिकेटको खेलतालिका परिवर्तन भएको छ।
बहराइनले एसियाली खेलकुद प्रतियोगिताबाट नाम फिर्ता लिएपछि पुरुष क्रिकेटको खेलतालिका परिवर्तन भएको हो। नेपाल सहित समूह ए मा माल्दिभ्स र मंगोलिया छन्। समूह बी मा समूह ‘बी’मा कम्बोडिया, जापान र हङकङ, समूह ‘सी’मा मलेसिया, सिंगापुर र थाईल्यान्ड रहेका छन्।
यसअघि नेपाल, जापान र कम्बोडियासँग खेल्ने तय भएको थियो। नेपालले १० असोजमा मंगोलियाविरुद्ध र १४ असोजमा माल्दिभ्सविरुद्ध खेल्नेछ।
Add Comment